नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ मंगशिर २०८२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

हिमालयन टेलिभिजनको कार्यक्रममा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?’ प्रस्तोता निमेष बन्जाडेले सोधेको प्रश्नको जवाफमा थापाले भनेका छन्, ‘त्यसमा त कुनै डाउट नै भएन नि !’

कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि पहिलोपटक अन्तर्वार्तामा बसेको भन्दै थापाले यसलाई घोषणा नै भन्न सकिने बताए । थापाले थप भनेका छन्, ‘म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने छ ।’

यस्तै, अन्तर्वार्ताका क्रममा थापाले चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका लागि केही प्रस्तावहरू अघि सारेका छन् । प्रतिनिधिसभाको चुनावमा आफू कुन क्षेत्रबाट उठ्ने, बालेनसहितका नेताहरूसँगको सम्बन्ध, नयाँ कांग्रेसको प्रारूप लगायतका विषयमा अन्तर्वार्ता केन्द्रित छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार