निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ ।
>
सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानीलगायतका विषयलाई लिएर निर्माण व्यवसायीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको हो ।>
व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थपलगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालय घेराउ गरेका उनीहरुले आज बालुवाटारमा घेराउ गरेका हुन् ।
>
महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए ।
>
लामो समयदेखि निर्माण व्यवसायीहरुलाई परेको समस्या सरकारले गम्भीर रुपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । अध्यक्ष सिंहले निर्माण आयोजनाहरु समयमै नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको बताए । निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीसमेत नपाएको उनको गुनासो थियो ।
>
>
सरकारले सार्वजनिक खरिद ऐनको १२ औं संशोधनबाट म्याद थप भएका आयोजनाहरुको करिव ४० अर्ब रुपैयाँ बराबरको कामको बिल बनाउन नकिएको अध्यक्ष सिंहको भनाइ छ>
अध्यक्ष सिंहले करिब ४ खर्ब बराबरका आयोजनाहरुको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरुमा बजेट व्यवस्थापनसमेत नभएको बताए । उनले भुक्तानी गर्न नसकिने योजनाहरु तत्काल खारेज गर्न माग गरे ।
>
>
>
>>