नेपाल प्रिमियर लिग (एनपिएल)काे पहिलाे संस्करणकाे उद्घाटनमा विराटनगर किंङ्स र जनकपुर बाेल्टस् भिड्ने भएका छन्। एनपिएलकाे आयाेजक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार लिगकाे खेल तालिका सार्वजनिक गरेकाे हाे। जसअनुसार यही मंसिर १५ गते अपराह्न १२: १५ देखि विराटनगर र जनकपुर भिड्ने छन्। त्यस्तै मंसिर १६ गते भने कुनै पनि खेल राखिएकाे छैन। त्यसदिन स्थानीय तहकाे उप-निर्वाचन रहेकाे छ। त्यसपछि मंसिर १७ गतेबाट नियमितरुपमा खेलहरु हुने छन्। सार्वजनिक तालिका अनुसार दिनमा दुइटा खेल हुनेछन्। पुस ३ गते पहिलाे क्वालिफायर र पुस ४ गते दाेस्राे क्वालिफायर हुनेछ। दुवै क्वालिफायरका विजेताले पुस ६ गते शनिबारकाे दिन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। क्यानले पहिलाेपटक आयाेजना गर्न लागेकाे लिगमा कूल ८ टाेली सहभागी हुनेछन्। जसमा विराटनगर किंङ्स (सन्दीप लामिछाने), जनकपुर बाेल्टस् (आशिफ शेख), चितवन राइनाेज (कुशल मल्ल), काठमाडाैँ गुर्खाज् (करण केसी), पाेखरा एभेन्जर्स (कुशल भुर्तेल), लुम्बिनी लायन्स (राेहितकुमार पाैडेल), कर्णाली याक्स (साेमपाल कामी) र सुदूरपश्चिम राेयल्स (दीपेन्द्रसिंह ऐरी) रहेका छन्।>
एनपिएलकाे उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने
प्रतिक्रिया
ताजा समाचार
प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा अर्थमन्त...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
12th BRICS Parliamentary Forum begins in New Delhi...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
प्रधानमन्त्री मोदीद्वारा ब्रिक्स राष्ट्रका संसदीय...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
विराटनगरमा ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या, त...
Jugesh Das | १२ कार्तिक २०८३