चीनमा भूकम्पमा परी मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ पौष २०८१

चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् ।

मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार